नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवार ५६ लाख ३० हजार रुपैयाँ दाबीभुक्तानी गरेको छ।
लाजिम्पाटस्थित आफ्नै भवन आज आयोजित एक कार्यक्रमबीच कम्पनीले स्व. सुकुना गुरुङको मृत्यु दाबी भूक्तानी गरेको हो। स्व. गुरुङले सन् २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृतश्री जीवन बीमालेख खरिद गर्नुभएको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यु भएकोले कम्पनीले बीमा दाबीबापत ५६ लाख ३० हजार रुपैयाँ स्व. गुरुङको इच्छाइएको व्यक्ति छोरा श्री बिजेन्द्र गुरुङलाई भुक्तानी गरेको हो। उक्त रकम नेशनल लाइफ इन्स्योरेन्सको वित्त विभाग प्रमुख प्रज्जवल सायमीले हस्तान्तरण गरेका थिए।
कार्यक्रममा उक्त दाबी आवश्यक कागजात प्राप्त भएको ६ दिनभित्र नै दाबी फछ्र्यौट गरिएको जानकारी दाबी विभागका प्रमुख नवीन श्रेष्ठले जानकारी दिए।

Online Arthik










