नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकै दिन ५ कम्पनीका ३४ लाख कित्ता बढी सेयर थपिएको छ। नेप्सेमा ५ कम्पनीका ३४ लाख १८ हजार ६८९.१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६.०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर जारी गरेको थियो।
यस्तै प्रडेन्सियल इन्स्योरेन्सको पनि ८ लाख २१ हजार १४५.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। यो कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यसैगरी फरवार्ड माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ३८.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
मिथिला लघुवित्तको पनि १२ प्रतिशतले हुन आउने १ लाख ४६ हजार ८९.०१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नाडेप लघुवित्तको पनि ३ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो १० प्रतिशतबराबर हुन आउँछ।

Online Arthik










