सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले सिद्धार्थ ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डको प्रतिफल वितरण प्रयोजनार्थ बुक कलोजको मिति तय गरेको हो।
यी दुवैको यही साउन ३२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ३१ गतेसम्म कायम इकाइधनीहरुमात्र यी योजनाका लागि प्रस्तावित प्रतिफल पाउन योग्य हुनेछन्।
यी दुवै योजनाका इकाइधनीहरुलाई ३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिने घोषणा गरिएको छ।

Online Arthik










