नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ को प्रति इकाई मूल्य रु.१०/— दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक वील बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै माग भन्दा बढि इकाई खरीदका लागि आवेदन प्राप्त भएको छ ।
सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १,०४,७७९ (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट करिब १२,६२,५५,०४० (प्रमाणित हुन बाँकी समेत गरी) बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २५ प्रतिशतले बढी आवेदन परेको छ ।
यो योजनाको बिक्री बन्द भने भोलि मात्र हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने देखिएको छ ।

Online Arthik










