बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल निष्कासन गरिने कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसारणले आवेदन दिन सक्नेछन्।
बुद्धिभूमि नेपालको आईपीओ निष्कासन बन्द छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बैंकिङ समयपछि हुनेछ।
धितोपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
यसअघि यो कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको छ। यो कम्पनीको लगानी फिर्ता हुने अवधि ९पे ब्याक पिरियड० ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।

Online Arthik










