नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा बिहान ९ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेका छन्।
सभाले बोनस सेयर जारीपछि कम्पनीको जारीपुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभामा छलफल गरी पारित हुनेछन्।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










