नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८का लागि वितरण गर्न भनी प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्तले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर वितरणका लागि स्वीकृति प्रदान गरेको हो। यो लघुवित्तको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो।
राष्ट्र बैंकले स्वीकृत दिएसँगै अब संस्थाको आगामी वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

Online Arthik










