महालक्ष्मी लाईफ इन्स्योरेन्सले संस्थाको सहायक कम्पनी ल्याउने तयारी थालेको छ । बिहिवार सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण सभामा संस्थाले सहायक कम्पनी सञ्चालन ल्याउने घोषणा गर्दै यससम्बन्धी आवश्यक छलफल समेत गरेको छ । यसका लागि कम्पनीले आगामी वार्षिक सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति गरेको हो ।
यससंगै उक्त सभाले आर्थिक वर्ष २०७६/०७७ का वासलात, नाफा नोक्सान हिसाब र अन्य विवरण पनि पास गरेको छ । स्वतन्त्र सञ्चालक रविराज भट्टराई एवम् लेखा परिक्षकको नियुक्ति दिदैँ सरकारको कोरोना कोषमा जम्मा साढे सात लाखको खर्चसमेत अनुमोदन गरेको छ ।
उक्त समारोहमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा कमलपोखरीस्थित आफ्नो कार्यालयमा नै सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष शर्माले कम्पनीको वार्षिक प्रतिवेदन पेशमार्फत संस्थाको वर्तमान वित्तिय स्थिति तथा भावी योजना प्रस्तुत गरेका छन् ।
यस्तै, कार्यक्रमको सो अवसरमा स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले भने नेपालको जीवन बीमाको क्षेत्रको अवस्था एवम् यसका चुनौतीबारे प्रस्ट पारे ।

Online Arthik










