अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७९ साल जेष्ठ २८ गते गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम रु. ८,८१,७५० (अक्षेरेपी आठ लाख एकासि हजार सात सय पचास मात्र) संकलन गरिएको थियो । सो अवसरमा इश्मा गाऊपालिका वडा नं. १ का वडा अध्यक्ष श्री शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गर्नु भएको थियो र अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Online Arthik










