‘रिचिङ द पिनाकल २०७९/८०’ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेशस लिडर्स कन्क्लेभ’ लुम्बिनीस्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ।
सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जनाभन्दा बढीको सहभागिता थियो।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामीमाथि आएकोले आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन हामी सबैले अधिकतम प्रयास गर्नुपर्छ।’
कर्मचारीकोे व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले केएफए बिजनेस स्कुलका फाउन्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सीईओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए।
आव. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो।

Online Arthik










