एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेबाट सर्वसाधारणमा आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सर्बसाधारणमा निष्काशन गरिने छ।

यो लघुवित्त क्षेत्रको हालसम्मकै सबै भन्दा आईपीओ हो । हाल सम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आईपीओ निष्काशन गरेका छैनन्।

लघुवित्तले जारी गर्न लागेको आइपिओमा सर्बसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्। लघुवित्तले निष्काशन गर्न लागेको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ।

तपाईको प्रतिक्रिया