सेञ्चुरी बैंकले शेयरधनीहरुलाई वितरण गर्ने घोषण गरेको ३ प्रतिशत अन्तरिम लाभांश डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा पठाउन थालेको छ। बैंकले हालसम्म शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैक खाता अद्यावधिक गराउन आग्रह गरेको छ।

बैंकले सिधै सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा लाभांश पठाउने भएकाले भौतिक रुपमा रहेको शेयरलाई अभौतिकीकरण गरी हितग्राही खातालाई बैंक खातामा अद्यावधिक नगरेसम्म शेयरधनीले उक्त लाभांश पाउने छैनन्।

कोरोना भाइरस कारण लकडाउन भएपश्चात गत आथिक वर्षको साधारण सभा स्थगित भएपछि बैंकले शेयरधनीलाई राहतस्वरुप नगद लाभांश वितरण गर्न लागेको हो। बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। अब २ प्रतिशत  बोनस शेयर र बाँकी १.७५ प्रतिशत नगद लाभांश भने साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र वितरण गरिने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया