एनएमबि बैंकले  असार २१ गते आइतबार विशेष साधारणसभा आह्वान गरेको हो ।

बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नको लागि सभा आह्वान गरेको हो ।   सभाले स्वाप रेसियो, डिडिए प्रतिवेदन, र प्राप्ति समबन्धि आवश्यक कार्य गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने छ।  एनएमबीले कन्चनलाई १००:८५ को स्वापमा प्राप्ति गर्न लागेको हो। अर्थात् कन्चनका लगानीकर्ताले आफ्नो १०० कित्ता शेयर बराबर एनएमबिको ८५ कित्ता शेयर पाउने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि असार १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असार ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

गाभ्ने गाभिने प्रस्ताव पारित गर्न कन्चनले पनि सोहि दिन विशेष साधारणसभा आह्वान गरेको छ। २ बैंकबीच गत माघ २६ गते प्राप्ति सम्झौता गरेको थियो।

तपाईको प्रतिक्रिया