नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट एकिकृत कारोबारको लागि अनुमति पाएसँगै कुमारी बैंकले देवः विकास बैंकलाई गाभेर असार २८ गतेदेखि एकिकृत कारोबार थाल्ने भएको छ।

कुमारी बैंकले गत जेठ १९ गतेसम्पन्न विशेष साधारण सभाबाट देवः विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो भने देवः विकास बैंकको जेठ १९ गते नै सम्पन्न वार्षिक साधारण सभाले कुमारी बैंकमा विलय हुने प्रस्ताव पारित गरेको थियो।

यी बैंकहरुले नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट असार १४ गते एकिकृत कारोबारको लागि अनुमति पाएका थिए।

तपाईको प्रतिक्रिया