
हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा अधिक भाडा लिइएको भन्दै गुनासो आएपछि सरकारले छानविन समिति गठन गरेको छ ।
नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेको छ । अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्रि गरेको भनी गुनासो सुनिन आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गरेको मन्त्रालयका उपसचिव राजन पौडेलले जानकारी दिएका छन्