उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघमा चुनावी माहोल तातेको छ ।

बुधबार एक कार्यक्रम आयोजना गरी बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकाल प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। यो प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार चन्द्र ढकाल हुनेछन् ।

ढकालले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई सहयोग गर्न खोजेको तर्फ इङगित गर्दै चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने बताए ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने आफ्नो बलियो एजेण्डा भएको ढकालले बताएका छन् ।

हालका बरिष्ठ उपाध्यक्ष गोल्छाले किशोर प्रधान समूहलाई समर्थन गर्दे आएका छन्। ढकालले विगतका दिनलाई सम्झन गोल्छालाई अनुरोध समेत गर्न भ्याए ।

हाल चन्द्र ढकाल महासंघको उपाध्यक्ष छन् । यसका साथै चन्द्र ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारीले उमेद्धावरी दिदैछन भने उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई क्रमशः वस्तुगत उपाध्यक्ष र एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छ ।

यस प्यानललाई जिल्ला नगरमा राम्रो बर्चस्व भएका चण्डी ढकालको समर्थन छ भने अध्यक्ष भवानी राणा तटस्थ देखिएपनि अर्को समूहलाई समर्थन गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया