नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । बोनस शेयर सूचिकृत हुनेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था, स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समता लघुवित्त वित्तीय संस्था रहेका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख २० हजार २ सय ३१ कित्ता बोनस शेयर सूचिकृत भएको छ भने स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७ हजार ८ सय ५१ दशमलव ९० कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

त्यस्तै, समता लघुवित्त वित्तीय संस्था लिमिटेडको ९१ हजार ८ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

तपाईको प्रतिक्रिया