स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १३० संक्रमित थपिएको जानकारी दिएका हुन् ।

उनका अनुसार २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म १३ हजार १२८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

तपाईको प्रतिक्रिया