नागरिक लगानी कोषको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुलेको छ। लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर साउन १२ गतेदेखि लिलामी बिक्री गर्न लागेको हो। लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ८०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्न सक्नेछन् । लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।

लिलामी शेयर खरिदको लागि नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिनेछ। लिलामी शेयरमा साउन १९ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

तपाईको प्रतिक्रिया