एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि ६० प्रतिशतका दरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।

कम्पनीले रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता हकप्रद शेयर साउन ९ गते बाँडफाँट गरेको हो । कुल कित्ता हकप्रद शेयरमध्ये १ लाख ६१ हजार ७८ कित्ता भने बाँडफाँट हुन बाँकी छ ।

उक्त अवधिमा विक्री हुन नसकेको बाँकी कित्ता हकप्रद भने कम्पनीले लिलामी प्रक्रिबाट विक्री गर्नेछ ।

तपाईको प्रतिक्रिया