आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको २५औँ बैठकको निर्णयअनुसार प्रचलित कानुनी व्यवस्थाबमोजिम उक्त सेयर बिक्री गर्न लागिएको हो।

कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि प्राथमिकता दिएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालय वा सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।

आवेदनमा खरिद गर्न चाहेको सेयर सङ्ख्या र प्रतिकित्ता प्रस्तावित मूल्य खुलाउनुपर्ने कम्पनीले जनाएको छ। निर्धारित अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया