शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा नबिकेको ८७ हजार ४१२ दशमलव ८ कित्ता शेयर साउन २१ गतेदेखि विक्री गर्ने भएको छ । उक्त कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद निष्कासन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीद्वारा पुन : विक्री गर्न लागेको हो । इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले साउन २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू.१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनी जानकारी गराएको छ ।

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयरको बाँडफाँट साउन १२ गते गरेको हो ।आफ्नो हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकहरुको हकमा साउन १५ गतेदेखि हकप्रदमा बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता गर्ने पनि कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया