लक्ष्मी उन्नति कोषको ८ करोड इकाई म्युचुअल फन्डमा आवेदन दिने समय थप गरिएको छ । थप गरिएको समयअनुसार अब लगानीकर्ताहरुले साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ । पहिलो चरणको सबै इकाईहरु बिक्री नभएपछि समय थपिएको हो । योसंगै अब संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । यस फन्डले साउन ११ गतेबाट ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई म्युचुअल फन्ड बिक्री खुला गरेको हो ।

जसमा १५% अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । यसमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।

फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।यसअघि गत चैत ९ गतेदेखि यो म्युचुअल फन्ड बिक्री खुला गर्ने तयारी गरिएको थियो । तर कोरोना त्रास र लक डाउनका कारण अनिश्चितकालीन स्थगित गरिएको थियो । अहिले फेरि अवस्था सहज हुँदै गएको भन्दै पुनः बिक्रीमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया