सिन्जाकी बोनाम्यारोको समस्या भएकी सृजना बुढाको उपचारकालागि रकम संकलन गरिएको छ। सृजना बचाउ अभियानका मुख्य अभियानता तथा सिन्जा त्रिबेणि युथ क्लबका क्ल्बका अध्यक्ष विशाल चौलागाइ, वरिष्ठ उपाध्यक्ष सन्जिव रावल, सचिब लोकेन्द्र महरी, कोसाअध्यक्ष योगेन्द्र राना रत्रिबेणि युथ क्लबका सदस्यहरुको पहल द्वारा १ लाख ७ हजार ८ सय १५ रुपैंया हस्तान्तरनको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो।
बुधबार सहयोग रकम रु २ लाख ७ हजार ८ सय १५ रुपैंया सृजनाका देवर एकराज बुढालाई हस्तान्तरण गरिएको हो । जसमध्ये, सिन्जा त्रिबेणि युथ क्लबको पहलमा सिंजा गाउँपालिकाले १ लाख रकम सहयोग गरेको थियो। बोंम्यारोमा समस्या भएर सृजना विगत डेढ महिनादेखि टिचिंग अस्पताल महाराजगंजमा उपचाररत हुनुहुन्छ। १९ वर्षीय सृजनाको अपरेसनका लागि १० लाख रकम आवश्यक पर्ने संजिव रावलले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया