गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंक वाट १० जिल्ला कार्यक्षेत्र रहने गरी अनुमति प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रवाट स्थापित लघुबित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलो पटक भानु न.पा १ तनँहुमा केन्द्रिय कार्यलय रहेको आर्थिक सम्बृद्धि लघुबित्त बित्तीय संस्था लि. लाई प्राप्ती गरी यो लघुवित्त राष्ट्रियस्तरमा स्तरउन्नती भएको छ । लघुवित्तले हाल २२ जिल्लामा ६० वटा शाखा कार्यालयहरु मार्फत् लघुवित्त सेवा दिदैं आएको छ ।
सञ्चालनमा आएको करिव ३ वर्ष पछि लघुवित्तले यहि अषाढ २१ गते देखि सर्वसाधरणलाई सर्वसाधरण शेयर (आईपियो) बिक्री गर्दैछ । सर्वसाधारणलाई आईपियो बिक्री वितरण गरे पश्चात् लघुवित्तको चुक्ता पूँजी २१ करोड ७७ लाख असी हजार पुग्नेछ ।
बर्तमान अवस्थामा लगानीकर्ताहरु शेयर बजार देखि त्यति उत्साहित हुने अवस्था छैन । आम लगानीकर्ता कम्पनीको वित्तीय अवस्था र आगामी योजना वारे जान्न उत्सुक छन् । तसर्थ लघुवित्तको हाल अवस्था कस्तो छ ? लघुवित्तले शेयरधनीलाई कति प्रतिफल दिन्छ ? लगानीकर्ता र हाम्रा पाठकले जान्न चाहेका यी र यस्तै प्रश्नहरुलाई समेटेर अनलाईनआर्थिक डटकमले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका सिईओ रेशम न्यौपानेसंग गरेको कुराकानीको सारांश ।

 

 

 

 

१. अषाढ २१ गते देखि सर्वसाधरणलाई आईपिओ जारि गर्दै हुनुहुन्छ, साधना लघुवित्तको अवस्था कस्तो छ ?
साधना लघुवित्तको आब्हान पत्रमा प्रकाशित वित्तीय विवरणले संस्थाको यथार्थ वित्तीय अवस्था देखाउँछ । लघुवित्तले स्थापनाको वर्ष देखिनै नाफा हासिल गरेको छ । वित्तीय विवरण संगै यसको ब्यवस्थापन पक्ष पनि जोडिएर आउँछ । जसमा हिजो बिकास बैंकको शुरुवाद गरी सफल बनाएका , बैंकिङ बिशेषज्ञको रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा कार्य गर्नुभएका ब्यक्तिहरुको टिम सञ्चालक समितिमा छ । ब्यवस्थापन तहमा भन्नुपर्दा करिब २ दशक देखि म यहि क्षेत्रमा कार्य गर्दै आएको छु । ब्यवस्थापनका अन्य साथीहरुमा समेत यो क्षेत्रमा काम गरेको लामो अनुभव छ । त्यसैगरी संस्थापक शेयरधनीका रुपमा २ वटा राष्ट्रियस्तरका बैंकहरुको लगानी रहेको छ ।
२ कोराना भाईरसको महामारीले साधना लघुवित्तलाई पनि असर ग–र्यो होला, तसथै यो वर्ष साधना लघुवित्तको पफर्मेन्स कस्तो आंकलन गर्नु भएको छ ?
कोरोना भाईरसको महामारीले अन्य क्षेत्रलाई जस्तै वित्तीय संस्थालाई र अन्य वित्तीय संस्थालाई जस्तै साधना लघुवित्तलाई समेत असर गरेको छ । बर्तमान अवस्थाको कारण संस्थाले विगतमा जुन गतिमा आफ्नो पफर्मेन्स हासिल गर्दै आएको थियो ।त्यो गतिमा केहि संकुचन आएको छ । तरपनि हामीले शुरुवाद देखिनै संस्थाको बेश बनाई सकेको हुँदा हामी वार्षिक लक्ष्यको नजिक नजिक छौं । हाम्रा वित्तीय सूचकहरु गतवर्षको तुलनामा बढेका छन् । यसलाई आधार मान्दा हाम्रो मुनाफाको दर समयसापेच्छ राम्रै हुने आंकलन गरिएको छ ।

३.अहिले आईपिओ भर्नेले साधना लघुवित्त वाट प्रतिफल कहिलेदेखि पाउँछन् ?
शेयरधनीहरुले यो आर्थिक वर्षको कमाईवाटै अझ गत वर्षहरुको संचित आम्दानी समेत गरी अर्को वर्ष प्रतिफल पाउनुहुन्छ । अझ स्पष्ट भन्ने हो भने यसपालिको शेयरधनीहरु भाग्यमानी हुनुहुन्छ । जबकि लगानी गरेको १० दिनमै प्रतिफल पाउनुहुन्छ ।
४. आईपिओ पश्चात् साधना लघुवित्तको योजना के छ ?
अहिले सम्मको वित्तीय क्षेत्रको अनुभवलाई प्रयोग गरेर एउटा नमूना लघुवित्तको रुपमा यसलाई स्थापित गर्ने नै सञ्चालक समिति, शेयरधनीहरु लगायत वित्तीय संस्थाको उच्च ब्यवस्थापन सबैको मुख्य योजना हो । हामी त्यस दिशामा उन्मुख हुनेछौं । यसका लागि आईपिओ पश्चात् साधना लघुवित्तको पूँजीको अधारको साथसाथै संस्थाको सञ्जाल समेत ठुलो हुनेछ । वित्तीय संस्थाले गत माघ वाट मात्रै राष्ट्रियस्तरमा स्तरोन्नती भएको र हाल २२ जिल्लामा मात्र आफ्नो शाखा सञ्जाल कायम गरेको हुँदा आगामी आईपिओ मार्फत् देशैभरका लगानीकर्ताहरु संस्थामा आवद्ध हुनुहुनेछ । तत् पश्चात् अगामी दिनहरुमा यस संस्थाको प्रगतिका लागि अझ बढी स्नेह तथा सद्भाव संस्थाले पाउनेछ । जसको फलस्वरुप आवश्यकता अनुसार देशैभरमा शाखा सञ्जाल स्थापना गरी राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रम मार्फत सहयोग गर्ने हाम्रो प्रतिवद्धता संगै योजना रहेको छ ।


आईपिओ बाँडफाँट भए पश्चात् यस वर्षनै उचित प्रतिफल पाईन्छः ढुक्क भएर शेयर भर्नोस् ।



५. पछिल्लो समयमा लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् , साधना लघुवित्तको मर्जरमा जाने सम्बन्धमा कस्तो धारणा रहेको छ ?
पछिल्लो समयमा लघुबित्त बित्तिय संस्थाहरुमा देखिएको बिचलन, अस्वस्थ प्रतिस्पर्धा तिब्र दोहोरोपना एवम् कर्जा असुलीमा देखिएको समस्याले गर्दा पनि नेपाल राष्ट्र बैंकले लघुबित्त बित्तीय संस्थाहरुको परिणात्मक बृद्धि भन्दा गुणात्मक बृद्धिको पाटोलाई मजबुत बनाउन , निरिक्षणमा सहज बनाउन, बित्तिय संस्थाहरुलाई स्थायित्व दिनका साथै लघुवित्त संस्थाहरुलाई सबल र सक्षम पार्न मर्जर÷प्राप्तिको निती ल्याईएको हुनसक्छ । मलाई के लाग्छ भने राष्ट्र बैंकको यो रणनिती बर्तमान आबश्यकता लाई हेर्दा यो स्वागत योग्य पनि छ । जसको फलस्वरुप केहि लघुवित्त संस्थाहरु स्वस्फूर्त रुपमा मर्जरमा गएका र केही मर्जरको लागि चरणबद्ध छलफलमा रहेका छन् । जहाँसम्म साधना लघुवित्तको मर्जर सम्बन्धी धारणा भन्नुपर्दा साधना लघुबित्तले नेपालको निजी क्षेत्रवाट स्थापित लघुबित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलो पटक भानु न.पा १ तनँहुमा केन्द्रिय कार्यलय रहेको आर्थिक सम्बृद्धि लघुबित्त बित्तीय संस्था लि. लाई प्राप्ती गरेको छ र यो लघुवित्त क्षेत्रको एउटा उदाहरणनिय कार्य पनि हो । साथै प्राप्ति पश्चात् विगतका दुई वित्तीय संस्थाहरु एक भए पश्चात कार्यसञ्चालनमा कुनै समस्या नभएको बरु संस्थाको पूँजीको साथै संस्थाको प्रबद्र्धकहरु समेत थप हुन गई वित्तीय संस्थालाई थप मार्गदर्शन र सहयोग पुग्ने महशुष भएको हुँदा आगामी दिनमा समेत मर्जरलाई प्राथमिकता दिई कार्यान्वयन गर्नका लागि गत साधारणसभाले मर्जर सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
६. अन्त्यमा, साधना लघुवित्तको आईपिओ किन भर्ने , सर्वसाधरणलाई के भन्नुहुन्छ ?
प्रथमत ः लघुवित्तको आईपिओ किन भर्ने भन्ने सम्बन्धमा सर्वसाधरणलाई मैले भन्नु पर्छ जस्तो लाग्दैन ।तुलनात्मक रुपमा अन्य कम्पनीको भन्दा लघुवित्त कम्पनीको प्रतिफल बढी हुने कुरा सर्वसाधरणले बुझ्नुभएको छ । जसले गर्दा विगतका लघुवित्त कम्पनीको आईपिओमा धेरै गुणा बढी आवेदन परेको देखिन्छ । जहांसम्म साधना लघुवित्तको आईपिओको कुरा छ साधनाको विगत ३ वर्षको वित्तीय विवरण हेर्नुस्, त्यहाँ शुरुवादकै वर्षदेखि संचित मुनाफा पाउनुहुनेछ । त्यसैगरी विगतदेखि हालको कठिन समयसम्मको ब्यवसाय बृद्धिको सूचकहरुलाई हेर्नुस्, पक्कै पनि सन्तुष्ट हुनुहुनेछ भन्ने बिश्वास छ । तसर्थ, संक्षेपमा भन्नुपर्दा ढुक्क भएर शेयर भर्नोस्, स्थापनाको वर्ष देखिनै नाफा कमाएको यस साधना लघुवित्तले उचित प्रतिफल दिन्छ । अर्को शब्दमा भन्नुपर्दा आईपिओ बाँडफाँट भए पश्चात् यस वर्षनै प्रतिफल दिईने हुँदा यहाँहरुले लगानी गर्नुभएको लगानीको १० दिनमै उचित प्रतिफल पाईन्छ: ढुक्क भएर शेयर भर्नोस् ।

तपाईको प्रतिक्रिया