आज नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएका छन् ।सो मध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गरिने नियमित प्रेस बिफिङमा प्रबक्ता जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

आज मात्र कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

 

तपाईको प्रतिक्रिया