माइती नेपाल काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार २०७७’ बाट पुरस्कृत गरिने भएको छ । पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दैै मानव बेचबिखन, यौन दुराचार र घरेलु हिंसामा परेका महिलाकोे उद्धार, सहयोग र आश्रयको क्षेत्रमा क्रियाशील सो संस्थालाई पहिलोेपटक रु दुई लाख २२ हजार २२२ धनराशि रहेको सो पुरस्कारबाट पुरस्कृृत गरिने गुठीका अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताउनुभयो । विसं २०७७ देखि अविछिन्नरूपमा बर्सेनि श्रीपति कोइराला जयन्तीका अवसरमा असार २७ गते पुरस्कार प्रदान गर्ने योजना रहे पनि यस वर्ष कोभिड–१९ महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको र गुठीको आगामी वार्षिक साधारणसभामा सो पुुरस्कार अर्पण गरिने जनाइएको छ ।

नेपालभर मानवीय एवं स्वयंसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपद्मा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थामध्येबाट पुरस्कार छनोट समितिकोे सिफारिसमा पुरस्कार प्रदान गरिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । विसं १८६४ असार २७ गते पोखरा–४ गैह्रपाटनमा जन्मिनुभएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गर्नुभएको थियो । उहाँबाट स्थापित दुवै गुठी उहाँका सन्तानबाट निरन्तर समाजसेवाका गतिविधिमार्फत सञ्चालन भइरहेको छ । विसं १९२६ मा श्रीपतिको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया