रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित गर्दै तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

आइतवार सम्पन्न कम्पनीको सभाले वार्षिक प्रतिवेदन सहित वासतल, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगाएतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगाएतका विषय पनि सभाले पारित गरेको छ ।

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव सभाबाट पारित गरेको उक्त कम्पनीले असार ९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।

कम्पनीले ६३ लाख कित्ता आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपीओ विक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड रहेको छ । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ ।

तपाईको प्रतिक्रिया