गुल्मी मुसीकोट नगरपालिका र ईस्मा गाँउपालिकामा गत असार १८ गते गएको विनाशकारी बाढीपहिरोले पु¥याएको क्षतिले विस्तापित भएका पिडितहरुलाई राहत दिने उद्देश्यले गुल्मी काठमाडौं सम्पर्क समिति मुसीकोटका संयोजक कृष्ण खरेल, पर्शुराम घिमिरे र सन्तोष पाण्डे तथा गुल्मी काठमाडौं सम्पर्क समिति ईस्माका संयोजक समाजसेवी श्री विष्णु के.सी. को संयोजकत्वमा आज राहत वितरण गर्नुभएको छ ।

विपत व्यवस्थापन समिति ईस्मा गाँउपालिका वडा नं. १ का अध्यक्ष श्री चुरा बहादुर खत्री उपस्थितीमा २० थान त्रिपाल र चामल, नुन र तेल सहित १७० घर परिवारलाई राहत वितरण गर्नु भएको हो ।
विगतका दिनहरुमा पनि यस गुल्मी काठमाडौं सम्पर्क समिति यस्ता खालका सामाजिक उत्तरदायित्वहरु निर्वाह गर्दै आएको समाजसेवी के.सी.ले बताउनु भयो ।

तपाईको प्रतिक्रिया