अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा ५ लाखभन्दा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ५ लाख २ हजार २९८ आवेदकबाट एक करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन हालसम्म खुलेको आईपीओमध्ये सबैभन्दा धेरै हो ।

कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन कुल साधारण सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अथात् १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको छुट्याएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणलले आवेदन दिएका हुन् ।

२७ लाख ३० हजार कित्ता सेयर १० कित्ताको दरले दुई लाख ७० हजार ३०० आवेदकलाई वितरण हुनेछ भने बाँकी रहेका २ लाख ३२ हजार आवेदकको भने हात खालि हुने भएको छ ।

तपाईको प्रतिक्रिया