बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक नबिल बैंक लिमिटेडलाई नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत भएको छ । समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।

सन् १९९२ मा स्थापना भएको यूरोमनिज् अवार्ड फर एक्सिलेन्स बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकले हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुबाट सेवा दिदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया