महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीलाई विगतका विभिन्न वर्षहरुका साधारण सभाबाट पारित नगद लाभांश बुझ्न अनुरोध गरेको छ। मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यति फाइनान्स, सिद्धार्थ फाइनान्स, तथा भ्याली फाइनान्सका विभिन्न साधारण सभाबाट पारित लाभांश संकलन गर्न भनेको हो।
समयमा नै लाभांश नबुझ्ने शेयरधनीको लाभांश कानून बमोजिम हुने समेत बैंकले जनाएको छ। शेयरधनीहरुले बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नक्सालबाट लाभांश पूँर्जा बुझ्न सक्ने बैंकले जनाएको छ।

Online Arthik







