सजिलो मिल्स प्रा.लि. ले श्रावण २० गते मंगलबार बाट आफ्नो कारोबार संचालन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाण्डौ भित्र संचालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्‍याउने लक्ष्य लिएको छ। हाल सम्म ३५ वटा रेष्टुरेन्ट संग यस सम्बन्धी संझौता भएको र दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने, घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच/पाँच जना महिलाको समूह बनाई पच्चिस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरि उनीहरुलाई आवश्यक सामाग्रि, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयासमा कम्पनी लागिरहेका बताइएको छ ।

लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो। अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा।सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकररबीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यका वासीको मन जितेर रोजगारी श्रृजना र गुणस्तरीय कारोबार विस्तार गर्दै जाने विश्वास लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया