एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा ५ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ४ लाख २८ हजार १५३ जना आवेदकबाट एक अर्ब ६५ करोड ६७ रूपैयाँभन्दा बढीको शेयर माग भएको हो। 
कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

Online Arthik










