
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर आज बिहीबारबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा ३६ लाख ८१ हजार ३५९।५० कित्तामात्र बिक्री भई बाँकी रहेको संस्थापक समूहतर्फको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारणतर्फको ७९ हजार ८५३.२५ कित्ता गरी कुल १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामीमा विक्री गर्न लागेको हो ।
लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएकोले लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य बोलकबोल गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म तोकिएको छ। सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटल लिमिटेड रहेको छ।