सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को आर्थिक वर्ष २०७६/०७७ को प्रतिफल घोषणा गरेको छ। योजनाको लेखापरीक्षण कार्य सकिएसँगै इकाइधनीहरुलाई प्रतिफल घोषणा गरेको हो।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको श्रावण २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ७.५% का दरले हुन आउने ११ करोड २५ लाख रुपैयाँ तथा तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ५% का दरले हुन आउने छ करोड प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। इकाईले उक्त लाभांश घोषणा कर सहित गरेको छ ।

तपाईको प्रतिक्रिया