सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा आफ्नो खुद नाफा वृद्धि गर्दै २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा बीमाङ्किय मूल्याङ्कन अघिको नाफा हो। अघिल्लो आवमा कम्पनीले १५ करोड ३६ लाख ६ हजार नाफा कमाएको थियो।

गत आ.ब.मा कम्पनीले १ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीले संकलन गरेको खुद बीमाशुल्क ८० करोड २ लाख रुपैयाँ बढी हो।

गत आवमा कम्पनीले ३ अर्ब ५० करोड दीर्घकालीन लगानी र ३६ करोड ५ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरि लगानी, कर्जा तथा अन्य शीर्षकबाट १७ करोड ४२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ। यस्तै बीमालेख धितोमा ११ करोड ४३ लाख ६९ हजार रुपैयाँ लगानी गरी ७१ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सको जगेडा कोषको आकार २२ करोड ८६ लाखबाट ४९ करोड ६१ लाख रुपैयाँमा, जीवन बीमा कोष ६३ करोड ४८ लाखबाट १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोष ३ करोड २६ लाखबाट ४ करोड २७ लाख रुपैयाँमा वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया