नेपाल स्टक एक्सचेन्ज लिमिटेडले डाइनामिक मनी मेनेजर्स प्रालिको स्टक ब्रोकर सदस्यता नम्बर ४४ लाई निलम्बन गरेको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार गर्नुपर्ने कार्य नगरेको तथा धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम ७९१० विपरीत कार्य गरेकाले नेप्सले निलम्बन र सचेत गराएको जनाएको छ।

उक्त ब्रोकर कम्पनीले कारोबार इकाइमा भएको धितोपत्रलाई अडलटमा टुक्र्याई कारोबार गरेको देखिएको छ ।

धितोपत्रको अडलट बिक्री गरेको ब्रोकर नम्बर ४४ ले आज आइतबार सेयर खरिदबिक्री रोक्का भएको छ भने अबोप्रान्त यस्तो कार्य नगर्न सचेतसमेत गराइएको नेप्सेको भनाइ छ।

तपाईको प्रतिक्रिया