समाज लघुवित्त वित्तीय संस्थाले पनि भदौ ४ गतेबाटै रु. ८६ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। संस्थाले १ हजार कित्ता अर्थात जारी पुँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया