सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साधारण सेयर (आईपीओ) निष्काशनका लागि एनआईबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले रू. ७५ करोड बराबरको आईपीओ विक्री गर्ने तयारी गरिरहेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया