नबिल बैंक लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७६÷०७७ मा १५.८६ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११.७२ रुपैयाँले घटेको छ।

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ६७ करोड २१ लाख रुपैयाँले घटेको हो।

समीक्षा अवधिमा चुक्ता पूँजी १२ प्रतिशतले वृद्धि भएको बैंकको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी ११.२७ रुपैयाँ घटेर ३५.३२ रुपैयाँमा झरेको छ।

बैंकको जगेडा कोषको आकार २१.२६ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड १६ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने शेयरधनी कोष १८.५६ प्रतिशतले घटेर ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया