वित्तीय विवरण हेर्न क्लिक गर्नुहोस

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा एक अर्ब ७ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २८ करोड ४० लाख रुपैयाँले बढी हो ।अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले ७८ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १० करोड ८५ लाख र बीमालेख धितोबाट १ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि १ करोड २१ लाख रुपैयाँले बढेर ११ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको जगेडा कोषमा २४ करोड ६२ लाख, जीवन बीमा कोषमा १ अर्ब २५ करोड ५३ लाख र महाविपत्ती जगेडा कोषमा २ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ४३ हजार २५६ वटा बीमालेख जारी गरी हालसम्ममा २ अर्ब २२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ४६ वटा दाबी बापत ७३ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३ वटा दाबी वापत २ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया