नागरिक लगानी कोषले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कोषले १ः८.२ अर्थात १०० बराबर ८२ कित्ता हकप्रद सेयर वितरण गर्ने भएको छ। कोषले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर वितरण गर्न लागेको हो।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धको रुपमा लागि कोषले आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबिबि मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया