प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर सोमवारदेखि लिलामीमा विक्री खुला भएको छ ।  कम्पनीको ५० हजार कित्ता संस्थाप शेयर लिलामीमा विक्री खुला भएको हो । आवेदकले यो शेयर खरीद गर्नको लागि भदौ १५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. २ हजार ३०० तोकिएको हुँदा उक्त मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेमा आवेदनलाई बोलकबोलमा समावेश नगर्ने कम्पनीले बताएको छ ।

आवेदकले शेयर खरीद गर्दा न्यूनतम १०० कित्ता र सोभन्दा माथि ५० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

बोलपत्रको माध्यमबाट विक्री लागि छुट्याइएको शेयर खरीदको लागि आवेदन गर्ने आवेदक नागरिक लगानी कोषको असार २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत हकप्रद शेयर भर्न योग्य हुनेछन् । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया