सहारा विकास बैंकको लिलामी शेयरमा आवेदन गर्ने समय अवधि थप भएको छ । कम्पनीले भदौ २३ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय अवधि थप गरेको हो । यसभन्दा अगाडि कम्पनीले साउन ३० गतेदेखि भदौ ८ गतेसम्म आवेदन माग गरेको थियो ।
कोरोना महामारीको  संक्रमण फैलन नदिन सरकारले निषेधा लागू गरेपछि लिलामी शेयरमा आवेदन गर्ने समय अवधि थप गरेको कम्पनीले बताएको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया