नेपाल स्टक एक्सचेञ्जले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइनमार्फत नै युजरनेम, केवाइसी तथा पासवर्ड लिन सकिने व्यवस्था गरेको छ।
कोरोना महामारीलाई मध्यनजर गर्दै भौतिक दूरी कायम राखी दोस्रो बजार कारोबार गर्नरगराउन, नेप्सेले अनलाईन कारोबारलाई थप सहज बनाउने तथा नेप्से तथा सदस्य दलाल व्यवसायीले प्रदान गर्दै आइरहेको सेवालाई मानवीय सम्पर्क यथासम्भव कम गरी सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।

लगानीकर्ताले अनलाईन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरणलाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टिएमएस लिंकमा (https://newweb.nepalstock.com.np/brokers) अनलाईन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ।

उक्त लिंकमा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाइसी अद्यावधिक गर्न सकिनेछ।

यसबाट बढीभन्दा बढी प्रयोगकर्ताहरु अनलाइन कारोबारमा सहभागी हुन सक्ने विश्वास नेप्सेले लिएको छ ।

तपाईको प्रतिक्रिया