लिवर्टी इनर्जी कम्पनीको आइपीओ सोमबार (भदौ १५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ । बाँडफाँट फेसबुक लाइभबाट पनि देखाइने बिक्री प्रबन्धकले जनाएको छ । लिवर्टीको आइपीओ सबै आवेदकले आइपीओ पाउने निश्चित जस्तै छ । त्यसमा पनि अधिकांश आवेदकले २० कित्ता हात पार्नेछन् । केहीले भने १० कित्तामा मात्र चित्त बुझाउनुपर्नेछ ।

यो आइपीओमा १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका हुन् । कुल ७० करोड रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कित्ताको मागभन्दा १.९६ गुणा धेरै हो । यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । लिवर्टीले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया