ग्लोबल आइएमई समुन्नत योजना–१ ले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ४% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको आइतबार बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई कर सहित ४% नगद दिने घोषणा गरेको हो ।

यसर्थ, फन्डले नगद लाभांशमा ४ करोड रुपैयाँ खर्च गर्नेछ । यो फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यसलाई ग्लोबल आइएमई बैंकले प्रवद्र्धन गरेको हो ।

तपाईको प्रतिक्रिया