बिहीबार बसेको नेकपा सचिवालयको बैठकले बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ। सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुसार राष्ट्रिय सभाको सदस्यमा सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।

बामदेबलाइ राष्टिय सभामा लैजाने निर्णाय भएसँगै खतिवडा अर्थमन्त्रीबाट बाहिरिने भएका छन्।

बैठकले कार्यदलको प्रतिवेदन बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटिमा प्रस्ता प्रस्तुत गरिने निर्णय भएको उनले बताए।

हालका अर्थमन्त्री खतिवडाको भदौ २० गते कार्यकाल सकिदै छ। राष्ट्रिय सभामा सदस्य रहेका खतिवडाको कार्यकाल गत फागुनमै सकिएपनि संबैधानिक प्रावधान अनुसार छ महिना पदमा रहने पाउने व्यवस्था बमोजिम उनी भदौ २० गतेसम्म पदमा रहने छन्। खतिवडा राष्ट्रिय सभा सदस्य नबने पछि उनी अर्थमन्त्रीबाट विदा हुनुपर्ने भएको छ।

नेकपा सचिवालय बैठकले फागुनमै रिक्त सो पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया