शिखर इन्सुरेन्सले ३०% हकप्रद सेयर लगानीकर्ताको हितग्राही खाता (डिम्याट अकाउन्ट) मा जम्मा गरिदिएको छ । कम्पनीले २०७६ फागुन १२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद सेयर हितग्राही खातामै जम्मा गरेको हो ।
उक्त समयपछि डिम्याट गर्नेहरुको हकप्रद पनि खातामै जम्मा गरिदिने तयारी भइरहेको शिखरले जनाएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले भने सेयर डिम्याट गरेपछि मात्र हकप्रद पाउने छन् । यसको लागि कम्पनीले सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । यस्तै, सेयर धितोमा राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र सेयर खातामा पाउनेछन् ।
शिखर इन्सुरेन्स असार १४ गतेबाट साउन १४ गतेसम्म ३०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद निष्कासनपछि शिखरको चुक्ता पुँजी  १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया